युथ फर ब्लड बार्षिक सम्मानबाट तीन सम्मानित

<span class='c1'>युथ फर ब्लड बार्षिक</span> <span class='c2'>सम्मानबाट तीन सम्मानित</span>

बिराटनगर असोज ३०

युथ फर ब्लड मोरङले सामाजिक क्षेत्रमा योगदान पु¥याएका तीनजनालाई आज विराटनगरमा सम्मान गरेको छ ।
विराटनगरमा शुभकामना आदानप्रदान तथा वर्ष सम्मान कार्यक्रममा युथ फर ब्लडले तीनजना व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार भक्त राई, शिक्षासेवी भेषराज पोखरेल र साहित्यकार सुमन पोखरेललाई सम्मान गरिएको युथ फर ब्लड मोरङले जनाएको छ । युथ फर ब्लडका महासचिव विवेक दाहालले हरेक वर्ष युथ फर ब्लडले गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत सम्मान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै सहभागीले रगत अभावबाट ज्यान जोगाउने काममा युथ फर ब्लडले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । कार्यक्रममा युथ फर ब्लडका बिभिन्न जिल्लाबाट पनि कार्यसमिती सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा युथ फर ब्लडका संयमसेवकहरुले बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्