बिष्फोटक पदार्थसहित एक महिला पक्राउ

<span class='c1'>बिष्फोटक पदार्थसहित एक</span> <span class='c2'>महिला पक्राउ</span>

ताप्लेजुङ,

ताप्लेजुङ जिल्लामा प्रहरीले ठुलो परिमाणमा बिष्फोटक पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सान्थ्राका गाविस ७ बस्ने वर्ष ३१ की मन कुमारी चोडवाङ रहेकी छन्। उनी किराँत राष्ट्रिय मूलवासी फोर्स नामक संगठनमा आवद्ध छिन्।

उनलाई गोप्य सुचनाको आधारमा ईखाबु गाविस ४ जोरपानीस्थित एक गोठमा लुकि रहेको अवस्थामा क्षेत्रीय अनुसन्धान समुह बिराटनगर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सँयुक्त टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।

चोङवाङ इखाबु ४ बस्ने देउमान लिम्बु (हाराहाङ) नेतृत्वको किराँत राष्ट्रिय मूलवासी फोर्स नामक भूमिगत समुहमा आवद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

मनकुमारीको साथबाट चार वटा भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल, एउटा माउजर पेस्तोल, तीन थान पाईप बम, बिजुलीको तारहरु, तीन थान मोवाईल र संगठनका दस्तावेजहरु बरामद भएको छ।

पक्राउ परेका चोङवाङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्