बडा दशैँको आज छैटौं दिन

बडा दशैँको आज छैटौं दिन

काठमाडौँ १ कार्तिक । नेपालीहरूको महान् चाड बडा दशैँको आज छैटौं दिन । आजको दिनलाई नवरात्रको छैटौं दिन पनि भनिन्छ । अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायिनी भगवतीको पूजाअर्चना गरिँंदैछ ।

 

आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ ।

तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । आज कात्यायिनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरूमा पुजा गर्नेको घुइँचो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्