नवनियुक्त ९ जना मन्त्रीहरुले खाए सपथ (को-को भए त मन्त्री)

नवनियुक्त ९ जना मन्त्रीहरुले खाए सपथ (को-को भए त मन्त्री)

काठमाडौं, १ कात्तिक ।

राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । राष्ट्रपति डा. यादवले आइतबार अपरान्ह आफ्नै कार्यालयमा एक समारोहबीच नवनियुक्त ९ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । राष्ट्रपतिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र बाँकी ८ जना मन्त्रीलाई पालैपालो सपथ खुवाउनुभयो ।

सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, कायममुकायम प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्