विराटनगर नाकाबाट ३५ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिए

<span class='c1'>विराटनगर नाकाबाट ३५ ट्यांकर</span> <span class='c2'>पेट्रोलियम पदार्थ नेपाल भित्रिए</span>

विराटनगर, कार्तिक ३ : विराटनगर भन्सार नाका हुँदै आज पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी साधन नेपाल भित्रिएका छन् । विराटनगर भन्सार नाका हुँदै साँझसम्ममा २४ वटा डिजेल र ११ वटा पेट्रोलका ट्याङ्करका साथै अन्य मालबाहक सवारी गरी ९० वटा सवारी साधन नेपाल भित्रीएका हुन् । यो नाकाबाट आज साँझसम्ममा ग्याँस भने नआएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यस्तै विराटनगर भन्सार नाकाबाट गएराति ४ वटा ग्याँसका बुलेट,  ५ वटा डिजेलका ट्याङ्कर र अन्य मालबाहक सवारी गरी एक सय १५ वटा सवारी साधन नेपाल भित्रीएको भन्सार कार्यालयले जनाएको छ । नेपाल भित्रीएका इन्धनका ट्याङ्करहरुलाई प्रहरीले स्कर्टिङ गरी आयल निगमसम्म पु¥याएको छ । अघिल्ला वर्षहरुमा भन्सार कार्यालयमा आजदेखि दसैंको विदा हुने गरेको भएपनि आज भने सुचारु रहेको थियो ।

-Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्