बिनु तिम्सिना
बिराटनगर कार्तिक ७
जोगवनी नाकाबाट गएको तिन दिनदेखि इन्धन बोकेका कुनै पनि गाडी नेपाल भित्रन सकेका छैनन् ।
नेपाल–भारत सीमा क्षेत्र जोगवनीसम्म अन्य मालवहाक गाडीसँगै इन्धन बोकेका गाडी लाम लागेको भएपनि नेपाल प्रवेश हुन सकेको छैन । जोगवनी नाका हुदै शुक्रबार ३ वटा मात्र माल बहाक सवारी भित्रिएका थिए । आज पनि भारतीय पक्षबाट भएको कडाईका कारण ५ वटा मात्र मालबाहक गाडी नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।