बिराटनगरमा आज पनि बन्द कायमै

<span class='c1'>बिराटनगरमा आज पनि</span> <span class='c2'>बन्द कायमै</span>

बिराटनगर कार्तिक ९ ,

मधेशी मोर्चाले गर्दै आएको बन्द दँशैमा केहि खुकुलो भएपनी हिजो बाट तराइको जनजिबन पुन बन्दको चपेटामा पर्दै गएको छ । हिजो झै आज पनि बिहानै देखि मधेशीमोर्चाका कार्यकर्ताहरुले विराटनगरका विभिन्न स्थानमा विरोध जनाईरहेका छन् । विराटनगरको रानी मिल्श एरीयाबाट सिटी रिक्शामा यात्रु लिएर विराटनगर बजार आउने क्रममा बिच बाटो नहरमा रोकेर अबरोध गरेका छन ्। मधेशीमोर्चाका कार्यकर्ताहरुले बजार पनि बन्द गराउँदै हिडेका छन् । बन्दको प्रभावका कारण थोरै भएपनी चल्दै आएको सवारीका साधन सिटी रिक्शालाई समेत चल्न दिएका छैनन । मोर्चाले आहृवान गरेको सिमाना केन्द्रीत आन्दोलन बिरानगरको साल्ट टेड्नि नजिकै आज पनि धर्नामा बसेका छन् । बिराटनगर बजार फाट्फुट् खुलेका कारण उपभोक्ताहरु चार्डपर्वसंगै अति आवश्यक खाद्यान्नका सामाग्री किन्न जोगबनी बजार जनेको हरुको भिड पनी बिराटनगर रानि भन्सारमा बढेको छ । यता आफ्नो मागलाइ सरकारले पुरा गर्न नसकेको भन्दै मधेशी मोर्चाले पहिलेनै घोषण गरेको बन्दको कार्यतालिका अनुसार बन्दलाइ हिजोबाट निरन्तरता दिएको जनाएको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्