विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार

<span class='c1'>विद्या भण्डारीलाई</span> <span class='c2'>राष्ट्रपतिको उम्मेद्वार</span>

 

काठमाण्डौ कार्तिक १०

नेकपा एमालेले राष्ट्रपति पदमा उपाध्यक्ष विद्या भण्डारीलाई उठाउने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटरमा जारी एमाले स्थायी समितिको वैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार र बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए।आइतबारसम्म राष्ट्रपतिमा सहमति जुट्न नसकेपछि दलहरु आआफ्नो उम्मेद्वार छान्ने क्रममा लागेका छन्।

यसै क्रममा सोमबार विहानदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी समितिको वैठकले यो निर्णय गरेको हो।

जातिगत संरचना मिलाउन केही नेताहरुले निवर्तमान सभामुख सुभाष चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउनुपर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भण्डारीलाई उम्मेद्वार बनाउन प्रस्ताव गरेका थिए। भण्डारी एमालेमा ओली निकट हुन्। उनी एमालेका तत्कालिन् महासचिव मदन कुमार भण्डारीकी पत्नी हुन्। भण्डारीको २०५० सालमा जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्