बिराटनगर कार्तिक १० ,मलाया रोडमा सडक छेउ धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको थियो । जस्मा प्रहरीले १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको थियो ।