जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थका सात गाडि नेपाल प्रवेश

<span class='c1'>जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थका</span> <span class='c2'>सात गाडि नेपाल प्रवेश</span>

बिनु तिम्सिना

बिराटनगर कार्तिक १०

जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थ बोकेका सात वटा गाडि नेपाल प्रवेश गरेको छ ।

गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पदार्थ नभित्रीएको जोगवनी नाका हुँदै हिजो १५ वटा ग्यासका बुलेट र आज ७ वटा पेट्रोलियम पदार्थका गाडि नेपाल भित्रीएको हो । जोगवनी नाका हुँदै आज २ वटा पेट्रोल, २ वटा डिजेलका ट्याङ्कर र ३ वटा ग्यासका बुलेट नेपाल भित्रीएको भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । साथै अन्य एक सय बढि मालबाहक सवारी साधनसमेत भित्रीएको उहाँले बताउनुभयो । मोर्चाको बन्दका कारण हिजो भित्रीएका २ सय बढि औद्योगोकि कच्चा पदार्थ र खाद्यान्नका कन्टेनरलाई पास गराउन नसक्दा भन्सार याड भरिएकाले आज अन्य मालबाहक सवारी भित्राउन समस्या भएको उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थका गाडि लाइनमा लागेको भएपनि जोगवनी भन्सारले अन्य गाडिलाई क्रस गरेर पेट्रोयिम पदार्थ बोकेका ट्यांकरलाई अगाडि आउन नदिएपछि समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्