श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

<span class='c1'>श्रीमानको कुटपिटबाट</span> <span class='c2'>श्रीमतीको मृत्यु</span>

खोटाङ, कार्तिक ११

खोटाङ जिल्लाको दिक्तेल नगरपालिकामा मंगलबार एक पुरुषले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्।

दिक्तेल नगरपालिाक ७ स्थित शंखुकी ४७ वर्षिया बुद्धिशोभा राईलाई उनकै पति ५२ वर्षिय होमप्रसाद राईले कुटपिट गरी हत्या गरेका हुन्।

मंगलबार बिहान श्रीमान-श्रीमतीविच घरायसी वादविवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले उनलाई कुटपिट गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको हो।

कुटपिटमा संलग्न होमप्रसादलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्