विराटनगर, कात्तिक ११ विराटनगरबाट बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, तमलोपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष मोहअम्मद कादिर र संघीय समाजवादी फोरमका जिल्ला सदस्य कन्हैयालाल साहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक खरेलले सडकमा बसेर धर्ना दिएकोले सडक अबरुद्ध गर्न नदिने आदेश अनुसार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।