बिराटनगर कार्तिक १२ ,
बिराटनगर लगायत पुर्वका शहरमा रगत अभाब देखिएको छ । चाडबाडको बेला कतै रक्तदान कार्यक्रम नहुने भएकाले रगत अभाब हरेक बर्ष यो समयमा देखिने गर्छ । अहिले बिराटनगरमा ओ पोजिटिभ , बि नेगेटिभ , एबि पोजिटिभका रगत कम रहेको रक्तसंचार केन्द्र बिराटनगरले बताएको छ । रगत संयोजन गर्दै आएको सस्था युथ फर ब्लडका अन्कित दासका अनुसार अहिले रगतको चरम अभाव रहेकोले दैनिक युथ फर ब्लडको फोनमा धेरै रगतको लागी फोन आउने गरेको बताउछन । चाडको बेला हरेक बर्ष यस्तो समस्या आउने गरेको पनि उनि बताउछन । युथ फर ब्लडले सबै बिराटनगर बासिलाई रक्तदान गर्न पनि आग्रह गरेको छ ।