जोगवनी नाकामा फेरी कडाइ

<span class='c1'>जोगवनी नाकामा</span> <span class='c2'>फेरी कडाइ</span>

बिनु तिम्सिना

बिराटनगर कार्तिक १२

बिगत केहि दिन देखी जोगवनी नाकाबाट कम मात्रामा मालबालहक सवारी भित्रीएको छ ।

कमै मात्रामा पेट्रोलियम पदार्थ भित्रीदै आएको जोगवनी नाकाबाट अन्य मालबाहक सवारी समेत २५ वटा मात्रै भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पदार्थ नभित्रीएको जोगवनी नाका हुदै सोमबार १५ वटा ग्यासका बुलेट र मंगलबार ७ वटा पेट्रोलियम पदार्थका गाडि नेपाल भित्रीएको हो । जोगवनी नाका हुदै मंगलबार २ वटा पेट्रोल, २ वटा डिजेलका ट्याङ्कर र ३ वटा ग्यासका बुलेट नेपाल भित्रीएको थियो । हिजो भने एउटापनि पेट्रोलियम पदार्थका कन्टेनर भित्रीएको छैन ।

मोर्चाको बन्दका कारण जोगवनी भन्सारबाट जाँचपास भएर आएका गाडिहरुलाइ पास गराउन नसक्दा भन्सार यार्ड भरिएकाले आज अन्य सवारीहरु समेत नेपाल भित्र्याउन नसकिएको भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

मोर्चाको प्रदर्शनका कारण मालबाहक गाडि गन्तब्यमा पुर्याउन नसक्दा भन्सार यार्ड भरीएकाले समस्या भएको उहाले बताउनुभयो । भन्सार यार्डमा भएका गाडिहरु गन्तव्यमा पुर्याउन नसक्दा यार्ड मै थुप्रीएकाले नाकामा लाइनमा बसेका सवारी नेपाल भित्र्याउन नसकिएको भन्सार कार्यालयले जनाएको छ । भन्सार यार्डमा अहिले २ सय बढि मालबाहक सवारी थुप्रीएको छ । यार्डमा नअटाएका खाली सवारीहरुलाइ विराटनर जुटमीलमा समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्