“पेशा प्रति ईमानदार हुने हो भने पेशाले कहिल्यै धोका दिदैन” – माधब तिवारी

“पेशा प्रति ईमानदार हुने हो भने पेशाले कहिल्यै धोका दिदैन” – माधब तिवारी

बिबेक दाहाल , बिराटनगर कार्तिक १२
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने "लास्ट थर्सडे"  कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित दिब्यरात्न होटेलका संचालक माधब निधि तिवारीले ४५ बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसको बारे र उघ्यमशिलताको बारे बताएका थिए । आफुले होटल संचालन गर्दाका अनुभव उनलेे युवाहरुलाई सुनाएका थिए । अाफु साईप्रस देशमा होटेल म्यानेजमेन्ट पढ्न गएपछि होटल क्षेत्रमा रुचि लागेको उनले बताए । सुरुमा बिदेशबाट फर्के पछि काठमाडौंमा साथीहरू संग मिलेर तीन ठाउँमा चेन रेस्टुरेन्ट संचालन गरेर होटेल क्षेत्रमा प्रवेश गरेको पनि उनले सुनाए । पछि काठमाडौको द्वारिका होटेलमा काम गर्न थाले त्यसपछि मित्र गणेश राज बिष्टले बिराटनगर मै होटल संचालन गरौ भनेर प्रस्ताव राखेपछि उनीहरुले दिब्यरत्न होटेल संचालनमा ल्याएको उनले सुनाए । "पेशा प्रति मानिस ईमानदार हुने हो भने त्यो पेशाले कहिल्यै धोका दिदैन" उनिले युवाहरुलाई बताए । दिब्यरत्नले आगामी दिनमा बिराटनगरमा ९०  फिटको भ्यु टावर , २२ वटै वडामा खानाको आउटलेट , डिस्को लगायतका कुरा संचालनमा ल्याउने  पनि बताए । बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी , ईफरएनको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यश कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्