बिराटनगरबाट लागुऔषधसहित तीन जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित तीन जना पक्राउ

बिराटनगर कार्तिक १३ गते ।

बिराटनगरबाट बिहिबार लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

बिराटनगर उपमहानगरपालिका वडा नं. २१ बाट प्रहरीले लागुऔषध टिडिजेसिकसहित मोरङ केराबारी १ का ३० वर्षिय टंक लिम्बु र बिराटनगर १६ का २४ वर्षिय किरण कुमार मगरलाई पक्राउ गरेको हो।
भारतीय जोगबनी नाकाबाट नेपालतर्फ आउदै गरेका उनीहरुलाई क्षेत्रीय अनुसन्धान समुहको टोलीले चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट १६ एम्पुल एभिल, १६ एम्पुल डाइजेपाम र १६ एम्पुल नोरजैसिक बरामद भएको थियो।

त्यसैगरी सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीले बिराटनगर २० स्थित हुलास मेटल चौकमा सुनसरी सिंगिया गाविस ५ बस्ने २४ वर्षिय अनिल चौधरीलाई १५\१५ एम्पुल लागुऔषध लुपिजेसिक, एभिल, डाइजेल्याबसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्