सवारीको ठक्करबाट बिराटनगरमा मोटरसाइकलमा सवारको मृत्यु

सवारीको ठक्करबाट बिराटनगरमा मोटरसाइकलमा सवारको मृत्यु

मोरङ, कार्तिक १३

बिराटनगर ४ स्थित कोशी राजमार्गमामा बिहिबार राती अज्ञात सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ।

अज्ञात सवारी साधनको ठक्करबाट को. १५ प ४०३८ नं. को मोटरसाइकलामा सवार सुनसरी तनमुना गाविस ७ का २६ वर्षिय अर्जुन चौधरीको मृत्यु भएको छ।

चौधरी सवार मोटरसाइकललाई बिहिबार राती साढे दस बजे बिराटनगर ४ स्थित कोशी राजमार्गमा नम्बर र पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिंदा उनको घटनास्थलमानै मृत्यु भएको हो ।

घट्नास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी खटि गई कानूनी प्रकृया पुरा अनुसन्धान शुरु गरिएको छ भने शव पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल बिराटनगर पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्