ट्याक्टरले किचेर नाबालिकाको मृत्यु

<span class='c1'>ट्याक्टरले किचेर</span> <span class='c2'>नाबालिकाको मृत्यु</span>

सिरहा, कार्तिक १३

सिरहा जिल्लाको अर्नामा प्रपि गाविस १ मा ट्याक्टरले किचेर बिहिबार एक नाबालिकाको मृत्यु भएको छ।

ना. ५ त १४८७ नं. ट्याक्टरले किचेर लक्ष्मनिया गाविस ८ बस्ने रामपुकार महराकी १ वर्षिया छोरी पुजा कुमारी महराको मृत्यु भएको हो।

मामा घर आएकी उनलाई बाटोमा खेल्दै गरेको अवस्थामा बिहिबार दिउँसो १४३० बजेतिर माटो बोकेको ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट प्रहरी टोली खटि गई ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्