बिराटनगर कार्तिक १३
बिराटनगर स्थित जोगबनी नाकाबाट शुक्रवार ४ बजेसम्म १ सय २५ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ । जोगबनी नाकावाट शुक्रवार अहिलेसम्मका सवैभन्दाबढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले जनाएको छ । विराटनगर भन्सार प्रमुख कृष्णवहादुर वस्नेतका अनुसार शुक्रवार चारबजे सम्ममा डिजलका ९२, पेट्रोलका २७ ट्यांकर र खाना पकाउने एलपी ग्यासका ४ बुलेट भित्रिएका छन । बुधवार राति यहाँवाट ५३ ट्यांकर पेट्रोलियम भित्रिएको थियो । भन्सार जाँचपास भइसकेका थप २० टयांकर भित्रिने अवस्थामा छन ।