अपाङ्गमैत्री घर बनाइदिन्छु भनेर राज्यलक्ष्मी गोल्छाले ढाँटेको स्थानीयको गुनासो

अपाङ्गमैत्री घर बनाइदिन्छु भनेर राज्यलक्ष्मी गोल्छाले ढाँटेको स्थानीयको  गुनासो

-तेजन खड्का
उर्लाबारी १४ कात्तिक
यसैवीच मोरङ इटहरा-७ सिक्किमे टोलका तुलसीराम ढुङगाना र सिर्जना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीलाई अपाङ्गमैत्री घर बनाइदिन्छु भनेर सांसद राज्य लक्ष्मी गोल्छाले ढाँटेको स्थानीयले गुनासो पोखेका छन् ।

ढुङ्गाना दम्पत्तिले गोल्छाबाट घर बनाइदिने आश्वासन आएको अझै नविषिर्एको बताए । तुलशीराम भन्छन्, हामीलाई आशा देखाएर अपाङ्गको नाममा उनले राजनीति गरिन् ।
ढुंगाना दम्पतीका छोरीछोरी ३७ वर्षीया निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीया पार्वता र २० वर्षीया गोमा जन्मजात सुस्तमनस्थिति छन् ।
सिर्जनाले भनिन् ‘हाम्रो दुख देखेर छोराछोरीको लागि अपाङ्गमैत्री घरको बनाइदिन्छु भन्नुभएको थियो । सबैतिर घर बनाइदिने भनेर समाचार आयो, तर घर बनाउन उहाँ आउनुभएन ।’

सांसद भन्दा दुईवर्ष पहिले गोल्छाले ढुंगाना परिवारलाई घर बनाइदिन्छु भनेर आश्वासन दिएकी थिइन् । गोल्छाद्वारा ०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्यास समेत गरी खाडलसमेत खन्ने काम भएको थियो ।
गोल्छाको आश्वासन पूरा नभएपछि ढुंगानाका छोराछोरीका लागि इटहरा-४ भौडाहाका कमलादेवी गुरागाई र डिल्ली गुरागाईले घर बनाउन थालेका छन् ।
‘विदेशमा रहेका छोरा सूर्य गुरागाईको सहयोगमा हामीले अपांग परिवारका लागि ८ लाख मूल्य बराबरको घर बनाउन सुरु गरेका छौं, डिल्लीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्