ट्याक्सी दुर्घटनामा एकको मृत्यु

<span class='c1'>ट्याक्सी दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

झापा, कार्तिक १५ गते ।

मोरङ जिल्लाको जाँते गाविसमा शनिबार यात्रुवाहक ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

बा. ४ च ४०७४ नम्बरको ट्याक्सी सडकबाट तल खस्दा उक्त ट्याक्सीमा सवार रमिते गाविस ८ बस्ने वर्ष ३५ को दिल बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। सोही ट्याक्सीमा सवार अन्य सात जना घाइते भएका छन्। गम्भिर घाइते पाँच जनाको बिराटनगरमा उपचार भइरहेको छ भने सामान्य दुईजनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको छ।

शनिबार बिहान ०९३० बजे धनकुटा बुधबारे बजारबाट मोरङको लेटाङतर्फ आउदै गरेको उक्त ट्याक्सी जाँते गाविस ७ स्थित कच्ची सडकमा अन्दाजी २०० मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्