बिराटनगरमा सागर थापालाई फुटबल सिकाएका कोच उनि बारे यसो भन्छन…

<span class='c1'>बिराटनगरमा सागर थापालाई फुटबल सिकाएका</span> <span class='c2'>कोच उनि बारे यसो भन्छन…</span>

बिराटनगर कार्तिक १५

यि हुन् कुमार प्रधान । हरेक साँझ यिनि विराटनगरको शहिद मैदानमा बालबालिका तथा युवाहरुलाई फुटबल सिकाईरहेका हुन्छन् । यिनी भोला सिलवाल, सागर थापा जस्ता खेलाडिको समेत गुरु हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा भर्खरै म्याच फिक्सिङको आरोपमा पक्राउ परेका छन् । प्रधानले सागरलाई सानै देखि फुटबल सिकाएका हुन् । सागर थापा आफ्नो ५३ साल तिरको ब्याच बताउने उनी भन्छन् “सुन्दा निक्कै दुख लाग्यो । आफ्नो चेलाले त्यसो गर्ला जस्तो कहिल्यै लागेन ।” “सानै देखि उसको बानी ब्यहोरा निक्कै असल थियो त्यस्तो गर्छ भन्नेमा विस्वासै लाग्दैन” उनले थपे “तर मनमा के हुन्छ भन्ने कसले थाहा पाउदो रहेछ र ?” । भर्खरै काठमाडौं जाँदा उनले सागरलाई भेट्न खोजेका रहेछन् । “कैदमा भएकोले भेट्न गाह्रो भयो । भेटेको भएँ किन र के कारणले त्यसो भयो भनेर सोध्ने थिएँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्