बिराटनगरमा ७५ पिन्ट रक्तदान

बिराटनगरमा ७५ पिन्ट रक्तदान

बिराटनगर कार्तिक १५

बिराटनगर अस्पतालको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । जस्मा २६ जना महिला सहभागीले रक्तदान गरेका थिए । कार्यक्रम युथ फर ब्लडको सह-आयोजनामा सम्पन्न भएको थियोे । बिराटनगरमा रगतको चरम अभाव भएको बेला गरिएको रक्तदान कार्यक्रमले रगत संयोजनमा केही दिनलाई सहज हुने युथ फर ब्लडका सदस्य दिपेश धिमालले बताउनुभयो । बिराटनगरमा केहि हप्ता यता चरम रगत अभाव रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्