वीरगन्जमा ३ बजेबाट अनिश्चितकालीन कर्फ्यू, गोली लागी एकको मृत्यु

<span class='c1'>वीरगन्जमा ३ बजेबाट अनिश्चितकालीन कर्फ्यू,</span> <span class='c2'>गोली लागी एकको मृत्यु</span>

कार्तिक १६

प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) निर एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । प्रदर्शन उग्र भएपछि प्रशासनले दिउसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबरकाे गाेली लागी एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल निर्देशक इमामुल हकका अनुसार गोली लागी उपचारका लागि अस्पताल ल्याइएका एक २४/२५ वर्षकाे एक युवकको मृत्यु भएको छ । ‘उनको उपचारका लागी ल्याउँदा मृत्यु भइसकेको थियो । उनको टाउकोमा गोली लागेको छ,’ उनले भने । वीरगन्जको सीमा क्षेत्रमा प्रहरी माथी व्यापक मात्रामा ढुंगामुढा भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्याँस र गोली प्रहार गरेको हाे । प्रहरी अहिले पछाडी हटेर सीमा सुरक्षा पाेष्ट नजिक अाइपुगेका छन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको ५ घण्टापछि वीरगञ्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा आएको छ ।

-Ekantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्