बिराटनगर कार्तिक १८ ,
बिराटनगरमा हिजो मंगलबार एउटा बालबिवाह रोक्न सफल भएकाछन् यहाँका सामाजिक संघसंस्था र प्रहरी । बिराटनगर ६ का एक बालक र बिराटनगर १२ बस्ने एक युवति बिच हुन लागेको बाल बिवाहको खबर पाएपछि प्रहरी संग संघ संस्थाले बिवाह रोकैको सिविन बिराटनगरका कार्यक्रम प्रमुख विष्णु पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा दुई पक्षबिच छलफलमा अब बाल बिवाह नगर्ने भन्ने प्रतिबद्धता जनाएपछि उनिहरुलाई छाडिएको थियो ।