वर्ड क्याम्प नेपाल २०१५ हुने

<span class='c1'>वर्ड क्याम्प नेपाल</span> <span class='c2'>२०१५ हुने</span>

 काठमन्डौ कार्तिक १८

नोवेम्बर २१, २०१५  का दिन काठमाडौँमा संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर  वर्डप्रेस (WordPress) सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५ ” को आयोजना हुने भएको छ | वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो | सन् २०१२ मा वर्डप्रेसका प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह, वर्डप्रेस नेपाल, द्वारा नेपालमा वर्डक्याम्प नेपालको पहिलो पटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ |

 विश्व भरिमा हिसाब गर्ने हो भने ४ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

शनिबार ललितपुरको Nepal Administrative  Staff College मा हुने यस कार्यक्रममा देश भरिका वर्ड प्रेसका राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका २०० भन्दा बढि नेपाली विशेषज्ञहरु सामेल हुनेछन्।  आयोजक समिति, वर्डप्रेस नेपालले जनाए अनुसार नेपालमा पनि अहिले बनिरहेका बहुसंख्य वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। काठमाडौँमा रहेका प्रबिधि सम्वन्धि काम गर्ने धेरै संस्थाहरुको सहयोगमा  कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ।

यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुने अायोजकले दाबी गरेका छन्। सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका  प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुने भएकाले पनि आगामी दिन मा प्रबिधि सम्बन्धि काम गर्नु पर्ने आवश्यक सहयोग हुने आयोजक समितिले जनाएको छ |

कार्यक्रममा वर्डप्रेसको बिषयमा धेरै सत्रहरु संचालन हुने छन् | वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र पल्गिन डेभलप्मेंट, वर्डप्रेसको महत्व र प्रयोग लगायत अन्य थुप्रै बिषयमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ | कार्यक्रम २ वटा हलमा एक्कै साथ समानान्तर रुपमा संचालन हुने छ | आफुलाई मन पर्ने बिषय जुन हलमा संचालन भै रहेको हुन्छ त्यै हलमा सहभागी बस्न पाउने छन् |

नेपालमा बिगत ४ बर्ष देखि लगातार बढ्दै गएको यस अोपेन सोर्स सफ्टवेएरको सन्जाल अहिले ४७०० भन्दा बढि सदष्यहरुले भरिएको छ र यसले नेपाललाई विश्वको सूचना प्रविधिको सफ्टवेयर क्षेत्रमा चिनाउन शसक्त भुमिका खेलिरहेको छ।

वर्ड क्याम्प नेपाल २०१५ मा अन्तर्राष्ट्रिय स्तरका बक्ता तथा सहभागीहरुको सहभागिता हुने छ | Automattic, WPML जस्ता विश्वमा चर्चित कम्पनिहरुको सहभागिता हुने छ | यस वर्ड क्याम्पमा Career for WordPress बिसयमा वर्डप्रेसलाई ब्यबसायिक रुपमा प्रयोग गरि आफ्नो जीवन अगाडी बढाउदै गर्नु भएका नेपालका चर्चित वर्डप्रेसमा काम गर्ने कम्पनिका प्रतिनिधिहरु बाट Panel Discussion पनि हुने आयोजकले जनाएको छ | साथै वर्डप्रेस Developer हरु लाई छुट्टै हलको व्यवस्था गरि वर्डप्रेसलाई कसरी सहयोग गर्न सकिन्छ भनेर पनि सत्र संचालन हुने छ |


अाँउदा दिनहरुमा यस “वर्डप्रेस अोपेन सोर्स” प्रविधिले गर्दा नेपालकै सामाजिक, अार्थिक क्षेत्रमा पनि धेरै टेवा मिल्ने दाबी पनि वर्डप्रेसरहरुले गरेका छन्। वर्डप्रेस नेपालले वर्डक्याम्प सहित अन्य धेरै वर्डप्रेस सम्बन्धि विभिन्न चेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ | वर्डप्रेस सिकेर आफ्नो भबिष्य उज्वल बनाउन चाहनेहरुलाई समय समयमा वर्ड प्रेस सम्बन्धि तालिम र “वर्डप्रेस मिट “ पनि गर्दै आएको छ | विभिन्न सामाजिक संजाल जस्तै फेसबुक मार्फत पनि देश भर छरिएर रहेका वर्डप्रेस सिक्न चाहनेहरुलाई सहयोग पनि गर्दै आएको छ |वर्ड प्रेस नेपालले देशका विभिन्न सहरहरुमा पनि वर्डप्रेस नेपालको संजाल बनाउदै आएको छ भने कतिपय स्थान मा विद्यार्थीहरुले आफ्नै पहलमा वर्ड प्रेस सम्बन्धि कार्यक्रम गर्दै आएका छन् | वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ | प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ |कार्यक्रमको बारेमा पूर्ण जानकारीको लागि https://nepal.wordcamp.org/2015/ हेर्न सक्नु हुने छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्