ताप्लेजुङमा प्रहरी र आपराधिक समुहबीच भिडन्त, एकको मृत्यु

ताप्लेजुङमा प्रहरी र आपराधिक समुहबीच भिडन्त, एकको मृत्यु

 

ताप्लेजुङ, कत्तिक १७

प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ।

दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन्।

आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्रा–६ मा आपराधिक समूहको खोजीमा खटिएको प्रहरी टोलीमाथि हाराहाङसहितको चार/पाँचजनाको समूहमा रहेको आपराधिक समूहले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

भिडन्तका क्रममा प्रहरीको गोली लागी अपराधिक समूहका एकजनाको घटनास्थलनमानै मृत्यु भएको र उनको साथबाट समिर लिम्बु नाम गरेको नागरिकता फेला परेको कोइरालाले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले सकेटबम, पाइप बम, कम्ब्याट ड्रेस, बारुद, बिजुलीको तार, रु १४ हजार, व्याट्री चारथान र झोला फेला पारेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्