सिरहा, कार्तिक १८ गते ।
सिरहा जिल्लाको गोलबजार नगरपालिका १ बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तिमा रहेको प्रहरीले अपरान्ह ४ बजेतिर सिरहा नगरपालिका १ स्थित मुक्सारगोला जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद भेटेको हो।
बरामद बन्दुक र बारुद इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको छ।