४३ बोतल लागुऔषध कोरेक्ससहित एक पक्राउ

<span class='c1'>४३ बोतल लागुऔषध</span> <span class='c2'>कोरेक्ससहित एक पक्राउ</span>

सिरहा, कार्तिक १८ गते ।

सिरहा नगरपालिका १५ बाट लागुऔषध कोरेक्ससहित एक युवा पक्राउ परेका छन्।

प्रहरीले सिरहा अर्नामा प्र.पि. गाविस वडा नं. ४ बस्ने वर्ष १८ को रविन कुमार साहलाई ४३ बोतल कोरेक्ससहित सोमबार सांझ पक्राउ गरेको हो।

सिरहा नगरपालिका १५ सखचैना स्थित भारतीय सिमा नाकामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले चेक प्वाईन्ट थापेर सवारी चेकजाँचकाक्रममा अनटेष्ट मोटरसाइकलमा सवार उनको झोलाबाट उक्त परिमाणको कोरेक्स बरामद भएको थियो।

प्रहरीले उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्