जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट विक्रम लुइँटेल सम्मानित

जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट विक्रम लुइँटेल सम्मानित

विराटनगर कार्तिक २०,

जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललाई सम्मान गरिएको छ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज विराटनगरमा लुइटेललाई सम्मान गरेका हुन् ।
प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रूपमा प्रदान गरिएको सम्मानपत्रसहित पुरस्कारको राशि ११ हजार १११ रहेको छ । यसअघि यो पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भइसकेका छन् ।
उज्यालो पत्र दैनिकका सम्पादक तथा रेडियो पूर्वेली आवाजका संस्थापक लुइटेलले पत्रकारीताको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्