ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

झापा, कार्तिक २०

झापा जिल्लाको कन्काई नगरपालिकामा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

ना. ४ ख १०२१ नं. को नम्बरको ट्रकको ठक्करबाट आज बिहान बा ५८ प ८१५६ नं. को मोटरसाइकलमा सवार सवार कन्काई नगरपालिका ९ का ४० वर्षिय लक्ष्मी थापा र २८ वर्षिय केशव बोहराको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कन्काई नगरपालिका ८ स्थित सितलचौकमा बिहान करिब साढे दश बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको उक्त ट्रकले उनीहरु सवार मोटरसाइकलको पछाडी ठक्कर दिंदा सो मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको मे १ ख १८३२ नं. को बससंग ठोक्किएको थियो।

गम्भिर घाइते उनीहरुलाई उपचारकालागि बिर्तामोडतर्फ लैजानेक्रममा मृत्यु भएको हो।

ट्रक र बसका चालकलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्