सयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप

सयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप

सप्तरी, कार्तिक २३ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदह र नकटीयायपुर ८ स्थित रुपनी बजारमा आइतबार राती सँयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप भएको छ।

मोर्चाका कार्यकर्ताहरुले निषेधित क्षेत्रभित्र प्रवेश गरी नारा जुलुस गर्दै राजमार्ग अवरोध गरेपछि मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले सुरक्षाकर्मीमाथी नै ढुंगामुढा बर्साउन थालेपछि झडप भएको थियो। झडपकाक्रममा मोर्चाका ६ जना कार्यकर्ता तथा तीन जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते कार्यकर्ताहरुलाई उपचारकालागि सगरमाथा अंचल अस्पताल पुर्‍याइएको छ।

सोही क्रममा प्रहरीमाथी ढुङा मुढा गर्ने मोर्चाका १७ जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई गरी आज छाडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्