तिहार र छठलाई लक्षित गरी आजबाट बन्दलाई केही खुकुलो

तिहार र छठलाई लक्षित गरी आजबाट बन्दलाई केही खुकुलो

विराटनगर २३ कातिक ।
सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहार र छठलाई लक्षित गरी तराईका जिल्लाहरुमा आजबाट बन्दलाई केही खुकुलो पारेको छ । धनुषा, महोत्तरीसहित मध्य पूर्वी जिल्लामा बन्दलाई खुकुलो बनाएर बजार खोल्न दिइएको छ । रौतहटमा भोलिदेखि बन्दलाई खुकुलो बनाउने मोर्चाले जनाएको छ । यातायातको साधन चल्नमा भने कडाई यथावत छ । बन्द खुकुलो भएसंगै तिहार र छठलाई चाहिने सरसामान किन्नेको बजारमा भिड बढेको छ ।
पसल खुलेपनि बजारमा सामान नपाउने र पाएका सामान पनि किन्नै नसक्ने गरी भाउ बढाइएको छ । छठका लागि चाहिने फलफूल, नरिवललगायतका सामग्री ढुवानी हुन नसक्दा उपभोक्ता मारमा परेका छन् ।
यता विराटनगरमा पनि विगतको दिनमा भन्दा केही खुकुलो पारेको छ । आन्दोन खुकुलो पारे संर्गै जोगवनी विराटनगरको सडक खण्डमा मिनी बस संचालन हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्