बन्द र नाकाबन्दीका कारण विराटनगरमा सयपत्री फूलको व्यापार प्रभावित

बन्द र नाकाबन्दीका कारण विराटनगरमा सयपत्री फूलको व्यापार प्रभावित

बिराटनगर कार्तिक २५

लगातारको बन्द र नाकाबन्दीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहारसमेत यसबाट अछुतो रहन सकेन । तिहारमा विशेष महत्व हुने सयपत्री फूलको व्यापारसमेत विराटनगरमा निकै प्रभावित भएको छ ।
तिहारमा सयपत्री फूलको विशेष महत्व हुन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यसपत्री र मखमली फूलको माला लगाइदिने प्रचलन छ । तर भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण विराटनगरमा सयपत्री फूलको व्यापार प्रभावित भएको छ । हरेक वर्ष तिहारका लागि भारतबाट फूल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा निकै समस्या भएको विराटनगरका फूल व्यवसायीहरुको भनाइ छ । भारतको कोलकत्ताबाट यसपत्री फूलको आयात गर्ने गरेका व्यापारीहरुलाई नाकाबन्दीका कारण भारतीय प्रहरीले निकै दुःख दिएको व्यापारी मनोज भगतको भनाइ छ ।
नाकाबन्दीका कारण भारतीय प्रहरीले आफूहरुसँग फूल आयात गरेबापत अनावश्यक शुल्क लिएको उहाँले बताउनुभयो । पछिल्लो समय स्वदेशी फूल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत फूल अझै पनि भारतबाटै आयात गर्ने गरिएको छ । नाकाबन्दीका कारण यस वर्ष फूल आयात गर्न समस्या भएको व्यापारीहरुले दुःखेसो गरेका छन् ।

स्थानीय रुपमा पर्याप्त मात्रामा व्यावसायिक फूल खेती नहुनाले आफूहरुले भारतको कोलकत्ता, सिक्किमलगायतका ठाउँबाट फूल आयात गर्न बाध्य भएको व्यापारीको भनाइ छ । पछिल्लो समय फूलको प्रयोग होटल, सभा सम्मेलन र घर सजावटमा बढिरहेको छ । प्रयोगमा वृद्धि भएसँगै व्यावसायिक रुपमा फूल खेती भने बढेको छैन । जसका कारण पनि भारतबाट फूल आयात हुने गरेको छ । तिहारमा सयपत्री फूल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ । फूलमा आत्मनिर्भर हुन सके नेपाली मुद्रा विदेशिनबाट रोकिनुका साथै कृषकको समेत जीवनस्तर उकासिने थियो । यसर्थ सरकारले सुविधा दिएर भए पनि व्यावसायिक पूmलखेतीतर्पm कृषकको आकर्षण बढाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्