बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले आफ्नो साइटमा गरेको नागरिक सर्बेमा बिराटनगर खानेपानी संस्थाद्वारा विराटनगर क्षेत्रमा वितरित पानी फोहर र अयोग्य रहेको रिपोर्ट निकालेको छ । कुन ७५९ जनाको भोट आएकोमा दुषित छ । प्रयोग गर्दिन मा ३२ % , पिउन बाहेकका कार्यमा प्रयोग गर्छुमा ३१% , प्रयोग गर्नै पर्ने बाध्यता छ मा ३० % र सुरक्षित छ । पिउने गरेको छु मा ७% जनताले भोट दिएका छन । जम्मा ७ प्रतिशदले मात्रै खाने पानी पिउन योग्य रहेको सर्वेले देखाएको छ । आशा गरौ सम्बन्धित निकाएले जनताको यो आवाज सुनेर आवस्यक कदम चलाउने छ ।