जोगबनी भन्सारबाट २८ वटा इन्धनका गाडी आज भित्रिए

<span class='c1'>जोगबनी भन्सारबाट २८ वटा</span> <span class='c2'>इन्धनका गाडी आज भित्रिए</span>

विराटनगर २९ कार्तिक । विराटनगरको रानी नाकाबाट २८ वटा इन्धनका गाडी नेपाल भित्रिएको छ । अन्य नाकाहरुबाट भने न्युन संख्या इन्धनका गाडी भित्रिएका छन् । अपरान्हसम्म रानी नाकाबाट १ सय २५ मालबाहक गाडी नेपाल आएकोमा २८ वटा इन्धनबाहक रहेको भन्सार प्रमुख कृणबहादुर बस्नेतले जानकारी दिनुभयो । जसमा डिजेलका १८ र पेट्रोलका ५ ट्यांकर छन् । बिराटनगरबाट ५ बुलेट ग्यास पनि नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यलय विराटनगरले जनाएको छ । । शनिबार पनि विराटनगरबाट १३ वटा इन्धनका गाडी नेपाल भित्रिएका थिए । भैरहवा भन्सारबाट पनि अपरान्हसम्म १ सय २५ भन्दा बढि मालबाहक गाडी नेपाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्