मेची अञ्चल अस्पताल घेराउ

<span class='c1'>मेची अञ्चल</span> <span class='c2'>अस्पताल घेराउ</span>

विराटनगर २९ कार्तिक । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आज अञ्चल अस्पताल घेराउ गरेका छन् । हिजो दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको उपचारका क्रममा गएराति मृत्यु भएको थियो । शरीरमा अक्सिजनको मात्रा कम भएर अस्वस्थ बनेकी ती शिशुलाई सामान्य अवस्थामा अस्पताल पु¥याइए पनि आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले समयमै उपचार दिन ध्यान नदिएर अन्यत्रै अलमल गरेपछि स्वास्थ्य अवस्था गम्भीर भई ज्यान गएको आफन्त खड्गबहादुर लिम्बुले आरोप लगाउनुभएको छ । उहाँका अनुसार उपचार कक्षमा जिम्मेवारी पाएका चिकित्सकले अक्सिजन अभाव भएको बहानामा बिरामीको जाँच नगर्दा अर्काे अस्पताल लानुपरेको र लाने क्रममा बाटामै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्