जुवा खेल्दै गरेको अवस्थामा ३१ जना नियन्त्रणमा

जुवा खेल्दै गरेको अवस्थामा ३१ जना नियन्त्रणमा

विराटनगर २९ कार्तिक । झापाको खुदुनाबारीस्थित एक घरबाट प्रहरीले शुक्रबार राती जुवा खेल्दै गरेको अवस्थामा ३१ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले खुदुनावारी १ पुतली चौकस्थित नैन बहादुर अधिकारीको घरमा राती ११ बजे जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियनत्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले ८ थान कौडाको गोटी, दुई बुङ तास र ४१ हजार ८ सय दश नेपाली रुपैया तथा एक हजार भारतीय रुपैयासमेत बरामद गरेको छ। नियन्त्रणमा लिइएका सबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्