देउसी खेलेर उठेको रकम समाजसेवामा

<span class='c1'>देउसी खेलेर उठेको</span> <span class='c2'>रकम समाजसेवामा</span>

तेजन खड्का 
उर्लाबारी मंसिर १ गते ।
देउसीमा संकलन भएको रकम प्रायः युवाहरुले पिकनिक तथा रमाईलो गरेर सक्ने गर्छन । आफ्नै क्लव तथा संघसंस्थाको स्तर उन्नतीको लागि पनि देउसी खेलिने गरिन्छ । तर मोरङको इटहरा—१ सोमबारेका युवाहरुले देउसीमा संकलन भएको रकमबाट पाँच जना अपाङ्गता छोराछोरी भएका ढुङ्गना दम्पत्तीलाई लत्ताकपडा तथा खाद्यन्य सहयोग गरेर खर्च गरेका छन् ।

इटहरा—७ सिकिम्मे टोलका तुलशीराम ढुङ्गना र सृजना ढुङ्गनाको ५ जना अपाङ्गता भएका छोराछोरीको लागि मंगलवार घरमै पुगि चामल,फाईवर ब्लाङकेट,खानेतेल र चाउचाउ लगायतका समाग्री सहयोग गरेका छन् ।
रमाइलो र कलासंस्कृति जोगाउनका लागि खेलिएको देउसीबाट जम्मा भएको १५ हजार रुपैयाबाट सहयोग गर्न पाउँदा खुसी लागेको हस्तान्तरण कार्यक्रममा झबिन आले मगरले बताएका छन् ।

कार्यक्रममा सहभागी भोजपुर दिङ्लाका सुमन बस्नेतले १ हजार रुपैंया ढुङ्गना परिवारलाई सहयोग गर्नुभयो । स्थानीय झबिन आले,कमल वाईवा,बिनु राना,रबिन श्रेष्ठ,जितु न्यौपाने,विश्वास ढकाल,सन्जिव भट्ट,विकास पाण्डे लगायतका युवाहरुले देउसी खेल्नुभएको थियो । देउसी खेल्न सहयोग पुर्याउने इटहरा प्रहरी चौकीका इन्चार्ज केशव नेपालले युवाहरुले उदाहरणिय कार्य गरेको बताएका छन् । देउसीको पैसाले अपाङ्गता भएको परिवारलाई सहयोग गरेर समाजमा सकारात्मक सन्देश फैलाएकोले गौरववान्वित बनाएको प्रतिक्रिया दिएका छन् ।

ढुङ्गना दम्पतीका छोरीछोरी ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमा अपाङ्गता छन् ।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्