विराटनगर २ मंसिर ।
लोकआस्था महापर्व छठ आज चौथो दिन सम्पन्न भएको छ । आज उदाउदो सूर्यलाई अर्घ दिएसंगै यो चाड विधिवत रुपमा सम्पन्न भएको छ । शरिरका रोगहरु निको हुने, सन्तान प्राप्ति हुने तथा परिवारको सुख प्राप्तिका साथै संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई हरेक वर्ष विधिवत पूजाआजा गर्ने परम्परा रहेको छ । चार दिनसम्म मनाइने यो पर्वमा मंगलबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको थियो भने आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिएको हो ।