नौ जुवाडे पक्राउ

<span class='c1'>नौ जुवाडे</span> <span class='c2'>पक्राउ</span>

विराटनगर २ मंसिर ।
झापा जिल्लाको गौरादह नगरपालिका १२ स्थित एक घरबाट प्रहरीले जुवा खेल्दै गरेका ९ जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका १२ ग्वालडुब्बा बस्ने भानुभक्त अधिकारी, नारायण कार्की, पर्शुराम चाम्लीङ, गगन भुजेल, उपेन्द्र झा, सुमन कार्की, गोबिन्द राउत, कमल कुमार राउत र अंकित कार्की रहेका छन्। उनीहरुलाई राती ११ बजेतिर स्थानीय टंक सिटौलाको घरमा कौडा खेल्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गगौरीगन्जबाट खटिएको टोलीले नियन्त्रणमा लिइएको हो। प्रहरीले उक्त स्थानबाट तीन सेट कौडाको गोटी र नगद ५२ हजार ४ सय ९० रुपैयासमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय गौरीगन्जमा राखिएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्