बिराटनगर मंसिर २ ,
मधेसी मोर्चा र प्रमुख दलका नेताहरुले तराई मधेसका केही जिल्ला टुक्राएर मधेश प्रदेशमा मिसाउने देखिएकाे भन्दै विराटनगरवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगरलाइ प्रदेश एक मै यथावत राख्नु पर्ने माग राखेका छन् । आज बिराटनगरमा भेला गरी बिराटनगर बासीले र्याली समेत निकालेका थिए । र्यालीमा " हामी बिक्रीमा छैनौ" "मोरङ टुक्र्याउन पाइदैन" जस्ता प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए । भेलामा बिराटनगरका प्राध्यापक , ब्यापारी , स्थानिय नेता , विद्यार्थीहरुको उपस्तिथी रहेको थियो ।