औषधि सकिने अवस्थामा बिराटनगरका अस्पताल

<span class='c1'>औषधि सकिने अवस्थामा</span> <span class='c2'>बिराटनगरका अस्पताल</span>

बिराटनगर मंसिर ७  ,

नाकाबन्दी र लगातारको बन्दका कारण पुर्वान्चल लगायत बिराटनगरमा पनि औषधि अभाब देखिन थालेको छ । बिराटनगर स्थित अस्पतालहरुमा बिषेश गरी भारतिय औषधिहरुको अभाब देखा परेको हो । नोबेल मेडिकल कलेजका अस्पताल प्रबन्धक नारायण दाहाल अनुसार अहिले नोबेल अस्पतालमा पनि औषधिको अभाब देखिन थालेको छ , " डाइलासिस गर्न चाहिने औषधि निक्कै कम मात्र रहेकाले अब डाइलासिस सेवा बन्द गर्नु पर्ने अवस्था आउन आटेको दाहाल बताउनुहुन्छ ।

यस्तै हाम्रो अस्पतालका औषधी बिक्रेता सुबाष भण्डारीका अनुसार अहिले निकै समस्या हुन थालेको छ , बिरामी लाई डाक्टरले लेखेको औषधी भन्दा पनि त्यसको बिकल्पमा रहेको औषधी दिनु परेको बध्यता छ । अब केहि दिन मै बिराटनगरका अस्पतालमा धेरै किसिमका औषधीको अभाब देखिने पनि भण्डारी बताउनु हुन्छ । अहिले सलाईन लगायतका सामग्री पनि सकिने अवस्था रहेकोले चाडै बिकल्प खोज्नु पर्ने उहा बताउनु हुन्छ ।यस्तै कोशी अन्चल अस्पताल मा पनि औषधीको अभाब भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्