सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे प्रतिकारमा उत्रने : सुनसरी एमाले

सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे प्रतिकारमा उत्रने : सुनसरी एमाले

बिराटनगर मंसिर ३

तराइ मधेसमा सिमाङकनको बिषयलाई लिएर जारी आन्दोलन सम्बोधन गर्ने नाममा सरकारले सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे सुनसरी एमाले आफनै सरकार बिरुद्ध प्रतिकारमा उत्रने बताएको छ । नेकपा एमाले जिल्ला कमिटी सुनसरीले आज इटहरी उपमहानगरपालीका परिषदमा आयोजीत पत्रकार सम्मेलनमा आफनै सरकार बिरुद्ध यस्तो चेतावनी दिएको हो । मधेस आन्दोलनलाई सम्बोधन गर्ने नाममा केही राजनीतिक दलका नेताहरुले आफनो स्वार्थकालागि प्रदेश नं १ बाट सुनसरी मोरङ्गलाई अलग्याएर मधेसको बाहुली क्षेत्र प्रदेश नं २ मा गाभ्ने प्रस्ताव अघी सारेको र उक्त प्रस्तावलाई सरकारले सम्बोधन गरे आफनै सरकार बिरुद्ध कार्यकर्ता सडकमा उत्रिने सुनसरी एमालेले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सुनसरी सभापती द्घारीकलाल चौधरीले केही स्वार्थ नेताहरुका कारण मधेसमा आन्दोलन चर्किएको र सोही आन्दोलनलाई बार्ताको माध्यमबाट हल गर्न सकिने भएपनि सुनसरी र मोरङ्ग टुक्रयाउने त्यस्तो कुनै सहमती नर्गन उच्च राजनीतिक बार्ता समितीलाई बिशेष अनुरोध गरेका छन । बार्ताको माध्यमबाट तथा कुनै माध्यमबाट प्रदेश नं १ बाट सुनसरी मोरङ्ग अलग्याउने चेष्टा भएमा सुनसरी एमाले चुप भएर नबस्ने बताउने सुनसरी एमाले अध्यक्ष चौधरीले आफनै सरकार बिरुद्ध आन्दोन चर्काउन पछि नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्