दुई राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार दिइने

<span class='c1'>दुई राजनीतिक योद्धालाई आजीवन</span> <span class='c2'>निःशुल्क उपचार दिइने</span>

 

झापा, ३ मङ्सिर ।
झापाको पूर्ण टुङ्ग विर्ता सिटी हस्पिटलले लोकतन्त्र प्राप्तिका लागि लामो समय जेलनेल व्यहोरेका दुईजना राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ ।

त्यस्तो उपचार सेवा पाउनेमा दुर्गा अधिकारी ‘सानो’ र पूर्णानन्द शर्मा छन् । दुबैलाई आज अस्पतालले स्वास्थ्य परीक्षण गरेर सेवाको सुरुवात गरेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।

दुर्गा झापाली बाम आन्दोलनका पुराना योद्धा हुन् । उनले ‘झापा विद्रोह’ गरेको अभियोगमा हालका प्रधानमन्त्री केपी ओलीसँगै १७ वर्ष जेल लामो जीवन बिताएका थिए ।

पूर्णानन्द नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता हुन् । उनले पनि ३ वर्ष निर्वासन र ५ वर्ष जेल जीवन बिताएका थिए ।

नेपालमा नयाँ संविधान जारी भएको खुसियालीमा अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत देश र जनताको सेवामा जीवन समर्पित गरेका दुई अग्रज लोकतान्त्रिक योद्धालाई सम्मानस्वरुप निःशुल्क आजीवन उपचार सेवा दिने निर्णय गरेको अस्पतालका निर्देशक आनन्द बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्