काठमाडौं, मंसिर ३-
बजारमा कालोबजारी खेप्नु परेका वा कालोबजारी भइरहेको थाहा पाएका उपभोक्ताले फोनबाट सरकारलाई जानकारी गराउन सक्ने भएका छन् ।
कालोबजारीका बारेमा ०१–४२०००५२ मा फोन गरेर जानकारी गराउन सकिने आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिनुभएको छ । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले यस्तो जानकारी दिनुभएको हो ।
कालोबजारी गर्नेलाई गृह मन्त्रालयसँगको समन्वयमा कडा कारबाही गरिने उहाँले बताउनुभयो ।