आजदेखी मोरंङ, सुनसरी तथा झापा जिल्लामा एम्वुलेन्स नचलाउने निणर्य

<span class='c1'>आजदेखी मोरंङ, सुनसरी तथा झापा</span> <span class='c2'>जिल्लामा एम्वुलेन्स नचलाउने निणर्य</span>

प्रेम देवान
विराटनगर मंसिर ६ । असुरक्षाको कारण देखाउदै एम्वुलेन्स चालकसंघले आजदेखी मोरंङ, सुनसरी तथा झापा जिल्लामा एम्वुलेन्स नचलाउने निणर्य गरेको छन् ।
मधेशी मोर्चाको वन्दमा आन्दोलनकारीहरुले एम्वुलेन्स र एम्वुलेन्स चालकलाई निसाना वनाइ आक्रमण गर्ने गरेकाले सुरक्षा नभए सम्म एम्वुलेन्स संचालन नर्गने जनाएका हुन् ।
संघले आज जिल्ला प्रसासन कार्यालय मोरङमा एम्वुलेन्स सहित पुगेका चालकहरुले मोरंङ प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की भेटेर सुरक्षाको ग्यारन्टी नभएसम्म एम्वुलेन्स संचालन गर्न असमर्थ रहेको भन्दै ज्ञापनपत्र समेत वुझाएका छन ।
मोरंग र सुनसरीमा लगातार भएको एम्वुलेन्स माथीको आक्रमणको घटनालाई लिएर चालकहरु यस्तो निणर्यगर्न वाध्य भएको एम्वुलेन्स चालक संघ मोरंङ सचिव चन्द्र पराजुलीले बताउनुभयो । मोरंग र सुनसरीमा भएको घटनालाइ लिएर तिन जिल्लामा एम्वुलेन्स संचालन गर्न वताएका छन ।
आन्दोलनकारी हरुले अवरोध नगर्ने र प्रसासन सुरक्षा प्रदानगर्ने ग्यारन्टी नभएसम्म एम्वुलेन्स संचालन गर्न नसक्ने सचिव पराजुलीको भनाइ छ । आन्दोलनको अवधिभर अहिलेसम्म ११ वटा एम्वुलेन्समाथी आक्रमण भएको चालक संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्