“प्रदेश नम्बर एकबाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन पाइदैन” – झापाली

<span class='c1'>“प्रदेश नम्बर एकबाट झापा,मोरङ र</span> <span class='c2'>सुनसरीलाई टुक्रयाउन पाइदैन” – झापाली</span>

झापा ७ मङ्सिर

झापाका नागरिक समाजका अगुवाहरुले प्रदेश नम्बर १ बाट झापा,मोरङ र सुनसरीलाई टुक््रयाउन नहुने माग गरेका छन् ।झापाको बिर्तामोडमा भएको खवरदारी सभामा उनीहरुले यस्तो माग गरेका हुन् । झापा,मोरङ र सुनसरीलाई टुक्र्याएर प्रदेशको सीमांकन गर्ननहुने भन्दै तीनै जिल्लाका नागरिक आन्दोलित बनिरहेको समयमा झापामा वृहत ¥यालीको आयोजना गर्दै बिर्तामोडमा खबरदारी सभाको आयोजना गरिएको थियो ।

हात हातमा राष्ट्रिय झण्डा बोकेका झापाली नागरिकको ¥याली बिर्तामोड नगर परिक्रमापछि सभामा परिणत भएको थियो ।हिमाल, पहाड तराई कोही छैन पराई, प्रदेश नम्बर एकबाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन पाइदैन लगायतका नारासहित नागरिकले बिर्तामोडमा प्रदर्शन गरेका थिए ।
र्यालीपछि आयोजित खवरदारी सभामा बोल्दै अिधकांस बक्ताहरूले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा जिल्ला टुक्रयाउने गृहकार्य गरे रगतको खोलो बगाउन आफुहरु तयार रहेको बताएका छन । सभामा बोल्दै सांसद रवीन कोइरालाले मधेशी मोर्चाले सिमाङ्कनको विषयलाई बखेडा निकालेर मुलुकलाई नै अस्त व्यस्त बनाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्