धेरै दिन पछी भित्रियो जोगवनी नाकाबाट ट्यांकर

<span class='c1'>धेरै दिन पछी भित्रियो</span> <span class='c2'>जोगवनी नाकाबाट ट्यांकर</span>

विराटनगर ८ मंसिर ।

विराटनगरको जोगवनी नाका हुँदै इन्धन आज दिउसो सम्म ५२ वटा ट्यांकरहरु प्रवेश गरेको भन्सार विराटनगर कार्यलयले जाएको छ ।। भारतीय पक्षले निर्यातलाई खुकुलो बनाउँदा आज विहानैबाट जोगवनी नाका हुँदै इन्धन भित्रन थालेको हो । विराटनगर भन्सार कार्यालयका अनुसार मध्यान्न १२ बजे सम्ममा इन्धन बोकेका ३० वटा गाडी नेपाल प्रवेश गरिसकेका जनाएको छ । जसमा २२ वटा डिजेल र सातवटा पेट्रोल बोकेका ट्यांकर छन् भने एउटा ग्यास बुलेट रहेको छ । इन्धन बाहेक अन्य सामग्री बोकेका ५० वटा मालबहाक सवारी साधन भित्रिइसकेका छन् । भारतीय पक्षले तिहार यता इन्धन आपूर्तिमा कडाई गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्