विराटनगरलाई फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने

<span class='c1'>विराटनगरलाई फागुन महिनाको अन्त</span> <span class='c2'>सम्म बालमैत्री नगर बनाउने</span>

विराटनगर ८ मंसिर ।

विराटनगर उप–महानगरपालिकाको आयोजनामा भएको संचारकर्मीहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण तालिम सोमबार विराटनगरमा सम्पन्न भएको छ ।विराटनगर उपमहानगरपालिकालाइ यहि फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने अभियानका क्रममा बालमैत्री स्थानिय शासनका विषयमा संचारकर्मीहरुलाइ जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिममा विराटनगरका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले फागुन महिनाभित्र उपमहानगरपालिकालाइ वालमैत्रि सहर बनाउन गरिएको प्रयासलाइ सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । दुइ दिनसम्म चलेका तालिमको अभिमुखिकरण विराटनगर उपहानगरपालिकाका पुनम दाहाल, डिल्लीप्रसाद धिमाल, कोशी अञ्चल अस्पला प्रशुति विभाग इञ्चार्ज लजिता योञ्जन, अधिवक्ता डिल्लीबहादुर कार्की, जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल लगायतले गर्नुभएको थियोतालिममा मातृ तथा शिसुहरुको स्वास्थ्य, वाल अधिकार वालवालिकाको सिक्षा सम्बन्धी कानुनि प्रावधान लगायतका विषयमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्